१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हट्यो



 

मङ्सिर १४, काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनलाई लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ । गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्सिर १३ देखि १६ गतेसम्म लगाएको जोरबिजोर प्रणाली आज बिहान ११ः३० बजेदेखि हटाएको हो ।

मङ्सिर १३ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना गरिएको एशिया प्रशान्त सम्मेलनमा भागलिन विभिन्न देशका सरकार प्रमुखहरुको आगमनका समय ट्राफिक व्यवस्थालाई सहज गर्न सो प्रणाली लागू गरिएकोमा सरकारको चौतर्फी आलोचना भएको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले सम्मेलनका लागि लगाइएको जोरबिजोर प्रणाली हटाइएको जानकारी दिए ।
रासस

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार ००:००