१० चैत्र २०८०, शनिबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आम्दानीको स्रोत बन्दैछ जडीबुटी



मंसिर १४, भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाडीका बाटुदेवी साउद गाउँमा रहेको जडीबुटी प्रशोधन केन्द्रमा अपरेटरको काम गर्छन् । गाउँमै प्रशोधन केन्द्र स्थापना भएपछि दुई वर्षदेखि त्यहाँ काम गरेर परिवारको खर्चसमेत त्यही कामबाट जुटाउँदै आएका छन् ।

उनले अपरेटरको कामका साथै जडीबुटीखेती गर्दै आउकी किसान पनि हुन् । थोरै जमीनमा पनि राम्रो आम्दानी भएकाले गाउँमा जडीबुटीखेतीतर्फ किसानको आकर्षण बढेको छ । “एउटा सिजनको खेतीबाट ५० देखि ६० हजार रुपैयाँ आम्दानी हुन्छ”, उनले भनिन्,” “अन्नबालीभन्दा यसबाट बढी फाइदा पुग्न थालेपछि किसानको आकर्षण बढ्दैछ ।”

जडीबुटीको तेल प्रतिलिटर ३ देखि ५५ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको उनले बताए । बेल्डाँडीका किसानहरू अहिले मेन्था, लेमनग्रास, क्यामामाइल, असारे, लिपटिस, कडिपत्तालगायतका जडीबुटीखेती गर्दै आएका छन् ।

प्रशोधन गरेको मेन्थाको तेल प्रतिलिटर ४० हजार रुपैयाँ, क्यामामाइलको तेल प्रतिलिटर ५५ हजार रुपैयाँ, कडिपत्ताको प्रतिलिटर ३ हजार रुपैयाँमा बिक्रि हुन थालेको छ ।

किसानहरूले गहुँ भित्र्याएपछि खाली रहेको खेतमा जडीबुटी खेती गर्छन् । किसानले मेन्था प्रतिकठ्ठा ४ किलो र म्यामाइल ५ कठ्ठामा १ किलो उत्पादन हुने गर्छ । उत्पादन भएको तेल खरीद गर्न नेपालगञ्ज, सुर्खेतबाट व्यापारी गाउँमै पुग्ने गरेका छन् । जडीबुटीबाट उत्पादित तेल औषधि बनाउन बढी प्रयोग हुन्छ ।

दातृ निकायको लाख रुपैयाँ, परियोजना घुम्ती कोषको १ लाख रुपैयाँ र सामुदायिक वनको ३ लाख रुपैयाँ लगानीमा प्रशोधन केन्द्र स्थापना गरिएको हो ।

शुक्लफाँटा नगरपालिकाको बेल्डाँडीसँगै यहाँको माहाकाली, भीमदत्तनगरपालिका, बेदकोट, पुनर्वास, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा समेत जडीबुटी खेती गरिँदै आएको छ । उत्पादित क्षेत्रमा एक दर्जन प्रशोधन केन्द्र स्थापना गरिएका छन् ।

किसानसँगै यहाँका सामुदायिक वन समितिले पनि सामूहिक रूपमा पनि जडीबुटीखेती गरिरहेका छन् । जडीबुटीखेती गर्न गुणस्तरीय बीउबिजन सहजै उपलब्ध हुन नसकेको कृषकको गुनासो छ ।

यहाँको बेदकोट नगरपालिकाको बछेला सामुदायिक वन र हिमालय जडीबुटी समूहले करीब नौ बिघा जमीनमा क्यामामाइलको खेती गरिरहेको छ । हिमालय जडीबुटी समूहकी अध्यक्ष पाना बोहराले २०६७ सालदेखि व्यावसायिक रूपमा जडीबुटीखेती गरिरहेको बताउनुभयो ।

त्यस्तै बेदकोटकै बैतडा जडीबुटी उद्योगकी अध्यक्ष खेमा भट्टले जडीबुटी खेतीबाट राम्रो आम्दानी भएकाले युवालाई आकर्षित गर्न सरकारले प्रोत्साहित गर्नुपर्ने बताइन् ।

जडीबुटी व्यवसायी सङ्घ शाखा कञ्चनपुरका व्यवसाय विकास सहजकर्ता राजेन्द्रप्रसाद जोशीले जिल्लाभर ५ सय भन्दा बढी परिवार जडीबुटीखेतीबाट लाभान्वित भएको बताए । उत्पादित तेल नेपालगञ्जबाट भारत बढी निर्यात हुने गरेको छ ।

जडीबुटी व्यवसायी सङ्घको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष क्यामामाइल तेल उत्पादन ३७ केजी र मेन्था २७६ केजी उत्पादन भएको थियो । संघका अनुसार गत आवमा पश्चिमीनाका गड्डाचौकीबाट १ करोड ५५ लाख रुपैयाँको तेल भारत निर्यात भएको थियो । रासस

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार ००:००