Logo

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेनः डा. कोइराला



मंसिर, ८ नेपालगञ्ज । कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकाको जमुनीमा आज आयोजित आमसभामा कोइरालाले सरकारले जनतामाथि करको भार थोपरेको आरोप लगाए । जनताको सच्चा दल कांग्रेस भएको दावी गर्दै कोइरालाले लोकतान्त्रिक चरित्रलाई आफूहरूले कहिल्यै नछाड्ने दाबी पनि गरे ।

आमसभामा बोल्दै कांग्रेसका केन्द्रीय नेता अमरेशकुमार सिंह, सांसद मोहम्मद याकुव अन्सारी, सर्वतआरा खातुन लगायतले पार्टीलाई एकीकृत बनाएर जनताको पक्षमा लाग्ने वातावरण बनाउने बताए । रासस

प्रतिक्रिया दिनुहोस्