१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि ज्ञानकेन्द्रमा न त काम छ, न तलब नै



 

मङ्सिर ७, बनेपा । प्रदेश सरकार अन्तर्गत रहेको कृषि ज्ञान केन्द्रका लागि सरकारले कार्यक्रम र बजेटको व्यवस्था नगर्दा त्यहाँ कार्यरत कर्मचारी अन्योलमा परेका छन् ।

कार्यक्रम र बजेट केहीको अख्तियारी नआएकै कारण काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक हेर्ने गरी काभ्रेपलाञ्चोकको धुलिखेलमा स्थापना भएको कृषि ज्ञानकेन्द्र यतिबेला सुनसान जस्तै बनेको छ ।

कार्यालयको संरचनाअनुसार कार्यालय प्रमुखसहित १७ जनाको दरबन्दी रहेको सो कार्यालयमा करीब दुई हप्तादेखि १३ जना कर्मचारी हाजिर भइसकेको भए पनि कार्यक्रम नहुँदा कार्यालय आउने हाजिर गर्ने र फर्कने गर्नुपरेको कर्मचारी बताउँछन् ।

कार्यालय प्रमुख, सात जना अधिकृत, तीन जना प्राविधिक सुब्बा, एक जना लेखापाल, एक जना खरिदार, तीन जना कार्यालय सहयोगी र एक जना चालकको गरी १७ जनाको दरबन्दी रहेको छ ।

जसमध्ये अहिले तीन जना अधिकृत र एक जना खरिदार गरी चार जनाबाहेक १३ जना कर्मचारी दैनिक कार्यालय आउने र हाजिर गरेर फर्कने गरिरहेका छन् ।

जिल्ला कृषि विकास कार्यालयबाट कृषि ज्ञान केन्द्रमा परिवर्तन भएपछि पहिलो कर्मचारीका रुपमा दैनिक कार्यालय सञ्चालन गर्दै आएका लेखापाल अखिल खड्काले अहिलेसम्म कार्यक्रम पनि नआएको र अख्तियारी केही नआएका कारणले सबै अन्योलमा रहेको बताए ।

“कार्यक्रम नहुँदा कार्यालय आउने हाजिर गर्ने र फर्किनेबाहेक केही भएको छैन,” खड्काले भने । कार्यक्रम र बजेट नहुँदा दैनिक प्रशासनिक खर्च र तलब खानसमेत नपाएको उनको भनाइ छ ।

मङ्सिर लाग्दा पनि तलब नआएको हुनाले धेरै समस्या ब्यहोरिरहेको अधिकृत थर्क जिसी बताउछन् । तलब खान नपाउँदा विशेष गरी बाहिरबाट आउने कर्मचारीलाई धेरै समस्या भइरहेको छ ।

“प्रथम चौमासिकको कार्यक्रम अहिलेसम्म कुनै पनि गर्न पाइरहेको छैन, कार्यक्रम नहुँदा न त काम छ, न त तलब नै, खासगरी प्रशासनिक खर्च र तलब भत्ता नदिँदा कर्मचारी ठूलो मर्कामा परेका छन्” । संविधानको सङ्घीय संरचनाअनुसारको नयाँ कार्यालय भएकाले हाललाई कुनै पनि कार्यक्रम छैन ।

कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीले अहिले नियमितरुपमा गर्ने काम साल्ट टे«डिङ कम्पनीमा किसानलाई मलखादको सिफारिश, कृषि सामग्री कम्पनीमा बीउबिजन र बिक्रेताको नवीकरण गर्नुपर्ने र विषादी बिक्रेताको नवीकरण जुन नियमितरुपमा गर्नुपर्ने काममात्रै गर्दै आएको बताए ।

बाहिर किसानका बीचमा गर्नुपर्ने कार्यक्रम भने कुनै पनि शुरु नभएको उनको भनाइ छ । कार्यक्रम र बजेट नभएका कारण कृषि ज्ञानकेन्द्रमा काम गर्ने आफूलगायत सबै कर्मचारीले साउनदेखि तलबसमेत खान नपाएको कार्यालय प्रमुख अधिकारीले गुनासो गरे ।
रासस

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार ००:००