२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउसी भैलोको दक्षिणाले गोरेटो बाटो मर्मत



स्थानीय खबर, ५ मंसिर । नेत्रावती डबजोङ गाउपालिकाका चौताराबासीले देउसी भैलोबाट संकलन भएको रकमबाट गोरेटो बाटो मर्मत गरेका छन् । वडा नं. ३ का चौताराबासीले ‘आफ्नो गाउँ, आफैँ बनाउँ’ नारा बनाएर सृजनात्मक काम गरेका हुन् ।

संकलन भएको दक्षिणाले ५५ मिटर स्थानीय गोरेटो सरसफाई तथा मर्मत गरेको स्थानीयबासी कृष्ण सुनारले बताए । तिहारको भाईटीकाको दिनमा खेलेको देउसी भैलोबाट २२ हजार रुपैयाँ दक्षिणा संकलन भएको थियो ।

संकलन भएको उक्त रकम र स्थानीयबासीको श्रमदान गरि करिब ९० हजार रुपैयाँ लागतमा सानो गोरेटो बाटोलाई मर्मत गर्नुका साथै फराकिलो बनाइएको वडा नं. ३ का अध्यक्ष विजय पाख्रिनले जानकारी दिए । आवश्यक ठाउँमा पेटीहरूमा ढलान पनि गरिएको पाख्रिनले बताए ।

“देउसी भैलोलाई पनि हामीले विकास निर्माणका लागी सदुपयोग गरेका हौं,” पाख्रिनले भने, “स्थानीयवासीले पनि उत्साहित भएर ३ दिन श्रमदान गर्नुभयो ।”

यस्तै गाउ भित्रको दलित बस्ती जाने बाटो धेरै पुरानो र सानो हुनुको साथै वर्षायाममा हिलाम्मे हुँदै आएको थियो । अहिले उक्त बाटोलाई पनि केही फराकिलो बनाएर सरसफाई पनि गरेको छ । गोरेटो बाटो फराकिलो र सफा भएपछि आफूहरूलाई आवतजावतमा सझिलो भएको भन्दै स्थानीयवासी सुनारले खुशी व्यक्त गरे ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार ००:००