२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट कार्यान्वयनका लागि १५ दिनभित्र संयन्त्र तयार गर्न निर्देशन



 

मंसिर ४ रुपन्देही । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बजेट कार्यान्वयनका लागि चाहिने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न निर्देशन दिएका छन् ।

प्रदेश मन्त्रालयका चौमासिक प्रगति समीक्षा कार्यक्रममा आज उहाँले अहिलेसम्म देखिएका समस्या समाधान गरी बजेट कार्यान्वयनका लागि आधारभूत संरचना तयार गरेर अघि बढ्न सम्बन्धीत मन्त्री तथा सचिवलाई निर्देशन दिएका हुन् ।

उनले बजेट कार्यान्वयनका लागि आवश्यक पर्ने डिभिजन, निर्देशनालय, कार्यविधि, निर्देशिका र कर्मचारीको व्यवस्थापन तोकिएको समयसीमाभित्र गरिसक्न पनि निर्देशन दिए ।

वैकल्पिक उपाय अवलम्बन गरेर भए पनि बजेटको प्रभावकारी कार्यान्वयनका लागि आधारभूत आधार तयार गर्नुपर्नेमा जोड दिँदै उनले भने, “बहुवर्षीय ठेक्का दिनुअघि आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति लिएर मात्रै अघि बढाउनुपर्छ,” उनले भने “यसले बजेटमा समस्या नपर्ने र आयोजना तोकिएको समयमा पूरा नहुने समस्या पनि हट्छ ।” रासस

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलबार ००:००