२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

लेखक स्थानीय खबर ३ मंसिर २०७५, सोमबार १ मिनेट पढाइ

मंसिर ३, बेझाड । पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । लु२च ५०३५ नंको जिप बाग्लुङको बरेङ्ग गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा चालकसहित सात घाइतेको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।