११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘समृद्धिका लागि तीन तहबीच सहकार्य आवश्यक’



 

कात्तिक ३०, सुर्खेत । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समृद्धिका लागि तीन तहकै सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले देशको समृद्धिका लागि तीन तहको सरकारका बीचमा सहकार्य अपरिहार्य भएकोमा जोड दिएका हुन् ।

“स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीचको सहकार्यबाट मात्रै देशको समृद्धि र विकास हुन्छ”, मन्त्री बस्नेतले भने, “यसका लागि सङ्घीय सरकारले आवश्यक पहलकदमी लिन्छ ।”

मन्त्री बस्नेतले कर्णाली प्रदेशको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनासहित अगाडि बढ्नुपर्ने औँल्याए । कर्णालीको समृद्धि र विकासका लागि जलविद्युत् तथा पर्यटन महत्वपूर्ण आधार रहेको उनको भनाइ छ ।

तत्कालका लागि आन्तरिक स्रोत नभएकाले कर्णालीको समृद्धि र विकासमा सङ्घीय सरकारले सघाउने बताए ।
रासस

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार ००:००