१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणमा केन्द्र सरकार



 

कात्तिक २९, काठमाडौं । दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थायी ल्याण्डफिल निर्माणको काम केन्द्र सरकारले अघि बढाइसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

विगत १३ वर्षदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएपछि दीर्घकालीन फोहर राख्ने स्थान निर्माण गर्न लागिएको हो ।

अहिले केन्द्र सरकारले निर्माण गर्न लागिएको दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थान सिसडोलबाट दुई किलोमिटर पर बञ्चरेडाँडामा रहेको छ । उक्त केन्द्र निर्माणका लागि अहिले बाटो विस्तारको काम भइरहेको छ ।

काठमाडौं उपत्यकाको १८ वटा स्थानीय तहको फोहर उक्त स्थानमा व्यवस्थापन हुने गर्दछ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ जसमा सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिक टन फोहर लगिने गरिएको छ ।

हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी दुई सय गाडी फोहर लगिने गरिएको छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने गरेको छ । हाल महानगरमा फोहरमैला व्यवस्थापनमा एक हजार ६ जना कर्मचारीले काम गरिरहेका छन् ।
रासस

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहिबार ००:००