२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वन क्षेत्र कम भएको पालिकामा हरियाली कार्यक्रम सञ्चालन

लेखक स्थानीय खबर २८ कार्तिक २०७५, बुधबार १ मिनेट पढाइ

कात्तिक २८, नेपालगञ्ज । बाँकेको वन क्षेत्र कम भएको गाउँपालिकामा जिल्ला वन कार्यालयले हरियाली प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

वन कार्यालयको तथ्याङ्कअनुसार नेपालगञ्ज उपमहानगरपालिका तथा खजुरा र राप्तीसोनारी गाउँपालिका वन क्षेत्र कम भएको क्षेत्रमा पर्छन् । सोही कुरालाई दृष्टिगत गरी वन कार्यालयले ती स्थानीय तह क्षेत्रमा हरियाली प्रवर्धन अन्तर्गत वृक्षरोपण लगायतका कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला वन अधिकृत ईश्वरप्रसाद पौडेलले बताए ।

त्यस्तै निजी वनलाई प्रवर्धन र व्यवस्थित गर्ने, नेपालगञ्जको सुर्खेतरोडमा स्थानीय तहको समन्वयमा वृक्षरोपण गर्ने र वृक्ष सुधार, वृक्षरोपण, तथा निजी वन कार्यक्रमलाई थप विस्तार गर्ने लगायत छन् ।

कार्यक्रमलाई प्रभावकारी बनाउन बाँके जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता सङ्घ, वन क्षेत्र संरक्षण समन्वय समिति, निजी वन सरोकार सङ्घ लगायत सरोकारवाला निकायसंग सहकार्य गरिने जनाइएको छ ।
रासस

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।