२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाँड, रक्सी बन्द अभियान पछि गाँउ शान्त

लेखक स्थानीय खबर २६ कार्तिक २०७५, सोमबार १ मिनेट पढाइ

 

कात्तिक २६, जाजरकोट । ६ महीनाअघि जाँड, रक्सी बिक्री तथा सेवन गर्ने यहाँका स्थानीयवासी अहिले उत्पादन र बिक्री गर्न हुँदैन भनेर सन्देश दिँदै हिँडेको देख्दा अनौठो लाग्ने गरेको छ ।

समाजमा जाँड, रक्सीका कारण विभिन्न घटना बढ्न थालेपछि नलगाड नगरपालिका ८ हल्चौरमा नयाँ सुरक्षा दल गठन गरी मदिरा निषेध अभियानमा लागेपछि अहिले गाउँ शान्त भएको स्थानीय नारायणबहादुर खत्रीले बताए ।

गाउँमा लाग्ने सामान्य जात्रा, भेला, बैठकमा समेत मदिराका कारण झगडा हुँदा हप्तैपिच्छे प्रहरी कार्यालयमा धाउने स्थानीयवासी अब छिमेकी गाउँमा मदिरा उत्पादन तथा बिक्री वितरण गर्न हुँदैन भनी सन्देश दिएको देख्दा जो कोही अचम्म परेको खत्रीको भनाइ छ ।

छ महीनाअघि मदिरा बनाउने महिला अहिले मदिरा बन्द अभियानमा जुट्दा गाउँमा थप शान्ति, सुरक्षा कायम भएको उनको भनाइ छ । गाउँका लाग्ने, जात्रामा सुरक्षा दलले सुरक्षा दिने गरेको नलगाड नगरपालिकाका कार्यपालिका सदस्य नरबहादुर विकले बताए ।

तिहारमा सधैँ झगडा हुने हल्चोरमा यो पटक झगडा नभएको र मदिरा कसैले नखाएको देख्दा अनौठो लागेको बारेकोट गाउँपालिकाबाट हल्चौरमा टीका लगाउन आएकी टीका खत्रीले बताइन् । अब हल्चौरको सिको सबैले सिक्नुपर्ने उनको भनाइ छ ।
रासस

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।