२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभा र स्थानीय तहका ३२ जनप्रतिनिधिको पद रिक्त



कात्तिक २५, काठमाडौं । स्थानीय तहकासमेत गरी अहिले ३२ जना जनप्रतिनिधिको पद रिक्त रहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यसहित १८ जनाको मृत्यु तथा केहीको राजीनामा, प्रदेशसभा र जिल्ला समन्वय समितिमा निर्वाचित र फौज्दारी अभियोगमा कारागार चलान भएकाले ती पद रिक्त भएका हुन् ।

भक्तपुर प्रदेशसभा सदस्य हरिशरण लामिछाने, धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको निधनपछि प्रदेशसभा सदस्य, नगरप्रमुख र गाउँपालिका अध्यक्षको एक÷एक पद रिक्त हुन पुगेको हो ।

स्थानीय तहको निर्वाचनपछि मुलुकका विभिन्न नगरपालिका र गाउँपालिकासमेत गरी हालसम्म १३ वडाध्यक्षको मृत्यु भएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका–६ का वडाध्यक्षको राजीनामा, नुवाकोट दुप्चेश्वर नगरपालिका–१ का वडाध्यक्ष मानव बेचबिखन मुद्दामा कारागार परेका छन् ।

प्यूठान ऐरावती गाउँपालिका–२ का वडाध्यक्ष र कञ्चनपुर पुनर्वास नगरपालिका–३ का वडाध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचितपछि ती वडाध्यक्ष नेतृत्वविहीन भएको हो ।

सोलुखुम्बु सोलु–दूधकुण्ड नगरपालिका–११ मा भने निर्वाचनमा उम्मेदवारी नै नपरेका कारण उक्त वडाबाट जनप्रतिनिधिको चयन हुन सकेको थिएन ।

यो अवधिमा विभिन्न कारणबाट स्थानीय तहमा एक महिलासहित सात वडा सदस्यको पद रिक्त भएको निर्वाचन आयोगबाट थाहा भएको छ । रासस

प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतबार ००:००