कात्तिक २३ गलेश्वर । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि आयोजना गरिएको देउसीभैलोमा म्याग्दीको एक विद्यालयले रु चार लाख ५३ हजार जुटाएको छ ।
मङ्गला गाउँपालिका–१ कुहूमा रहेको दीपशिखा माविले गाउँमा यही कात्तिक १९ देखि २२ गतेसम्म देउसीभौलो खेलेर सो रकम जुटाइएको र सो रकम निजीस्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन तथा विद्यालयको भौतिक संरचनालाई व्यवस्थित गर्न खर्च गरिने प्रधानाध्यापक केसीले बताए ।
पैयुपाटा, तुसारेपानी, काहुले, मजुवाखोर, राटामाटा, ढिकुरा, मौलाथर, माझथर, महभीर, चौताराथर र असजेथर आदि ठाउँमा देउसीभैलो कार्यक्रम गरिएको थियो । रासस


प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।