६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमदत्त नगरपालिका कार्यपालिका बैठकद्वारा दुई कानून पारित



 

कात्तिक १६, कञ्चनपुर । भीमदत्त नगरपालिका कार्यपालिका बैठकले दुई कानून पारित गरेको छ । भीनपा नगर कार्यपालिकाको २२औँ बैठकबाट बिहिवार ती कानून पारित गरिएको हो ।

उक्त बैठकबाट यातायात कार्यविधि २०७५ र कर्मचारी सेवा शर्त कार्यविधि २०७५ पारित गरिएको छ । यसअघि ४२ कानून पारित गरिएका थिए ।

त्यसमध्ये ३२ कानून स्थानीय राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा गएका छन् । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले २२औँ कार्यपालिका बैठकबाट दुई कानून निर्माणसहित केही कानून संशोधन गरिएको जानकारी दिए ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकबाट मदिरा बिक्रीवितरण व्यवस्थापन तथा नियन्त्रण कार्यविधि, नगरपालिका कार्यसम्पादन नियमावली, आर्थिक सहायता कार्यविधि, नगरपालिका कार्यविभाजन नियमावली, स्थानीय कृषि व्यवसाय प्रवर्द्धन कार्यविधि, मर्मतसम्भार कार्यविधि, पूर्वाधार निर्माण साधन परिचालन तथा व्यवस्थापन कार्यविधि, छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७४ मा संशोधन गरिएको पाण्डेयले बताए ।
रासस

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार ००:००