कात्तिक ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैँको टीका लगाइदिनका छन् ।
त्यस विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उनकी धर्मपत्नी राधिका शाक्यले सामूहिक टीका लगाइदिएका हुन् ।
सो अवसरमा बालबालिकाले गायनलगायत विभिन्न विधाका कला प्रस्तुत गरेका थिए । साथै ओलीले बालबालिकाको अध्ययनको अवस्था र उनीहरूको आवश्यकताका बारेमा विद्यालयका शिक्षकसँग चासो राखी राम्रो शिक्षा दिन आग्रह गरेका थिए । रासस






प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।