१५ मंसिर २०८२, आइतबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय सरकारलाई बलियो बनाउन आग्रह



असोज २५, घोडाघोडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले स्थानीय सरकार बलियो बन्न सके मात्रै प्रदेश र सङ्घीय सरकार बलियो बन्ने बताएका छन् ।

प्रदेश आन्तरिक मामिला मन्त्रालयले कैलालीको सुख्खडमा आज आयोजना गरेको स्थानीय तहमा कानून निर्माण प्रक्रियासम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै शाहले स्थानीय जनप्रतिनिधिले कानून निर्माण प्रक्रिया जान्न आवश्यक रहेको बताए । प्रदेश र सङ्घीय सरकारसँग नबाझिने गरी कानून बनाउन उनले आग्रह गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य अमरबहादुर साउदले स्थानीय तहमा निर्माण भएका कानून संशोधन गर्न कानून निर्माण प्रक्रियासम्बन्धी गोष्ठीले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

घोडाघोडी नगर प्रमुख ममताप्रसाद चौधरीले एक वर्षको अवधिमा नगरपालिकामा विभिन्न कानून निर्माण भए पनि प्रदेश सरकारसँग बाझिएको हुन सक्ने बताए ।

कार्यक्रममा कानून निर्माण प्रक्रिया, स्थानीय तहमा कानून बनाउनेसम्बन्धी संवैधानिक तथा कानूनी आधार, कानून निर्माण गर्दा अवलम्बन गर्नुपर्ने तथ्य र प्रक्रिया तथा अवधारणाका बारेमा छलफल भएको थियो । रासस

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहिबार ००:००