७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व सिर्जना हुन्छ’



 

भीष्मराज ओझा
असोज २२, काठमाडौं ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले स्थानीयस्तरमा गरिएको वन क्षेत्रको पुनःसंरचनाले द्वैध शासन र द्वन्द्व सिर्जना हुने दावी गरेको छ ।

महासङ्घले सो धारणा सार्वजनिक गर्दै सरकारले वन क्षेत्रमा संवैधानिक व्यवस्थाको मर्मविपरीत डिभिजन र सवडिभिजन वन कार्यालयको अवधारणा लागू गरेको आरोप लगाएको छ । यसले वन क्षेत्रमा एकातर्फ स्थानीय सरकारले र अर्कोतर्फ वनसम्बन्धी सङ्घीय सरकारी संरचनाले पृथकरुपमा शासन सञ्चालन गर्ने वातावरण सिर्जना भई द्वैध शासन र द्वन्द्व सिर्जना हुने महासङ्घले जनाएको हो ।

महासङ्घका नवनिर्वाचित अध्यक्ष भारती पाठकले वनअन्तर्गतका डिभिजन र सव–डिभिजन वन कार्यालय कानूनीरुपमा नै स्थानीय सरकार मातहत हुनुपर्ने बताए । साथै स्थानीय सरकारले पनि सामुदायिक वनलाई नियन्त्रण नभई समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

महासङ्घको छैठाँै राष्ट्रिय महाधिवेशन यही २०७५ असोज १५–१७ सम्म काठमाडौंमा सम्पन्न भएको थियो । महाधिवेशनबाट अध्यक्ष पाठकको नेतृत्वमा ८२ सदस्य नयाँ कार्यसमिति चयन भएको थियोे । विसं २०५२ जेठ १८ गते स्थापना भएको महासङ्घको नेतृत्वमा हाल देशभर २२ हजार २६६ उपभोक्ता समूहले सामुदायिक वनको संरक्षण, संवद्र्धन र सदुपयोग गर्दै आएका छन् ।

महासङ्घ आफ्नो स्थापनाकालदेखि नै वन उपभोक्ता समूहको हक अधिकारका लागि प्रतिबद्ध तथा क्रियाशील रहँदै आएको छ भने सामुदायिक वनमार्फत वन उपभोक्ताको समृद्धिमा योगदान पु¥याउँदै आएको छ ।

महासङ्घले वन ऐन ०४९ तथा वन नियमावली २०५१ मा रहेका सामुदायिक वनका सन्दर्भमा विद्यमान अधिकारलार्ई कायम राख्दै समुदायलाई थप अधिकार प्रदान गर्नेगरी मात्र वन कानूनको संशोधन गर्नुपर्ने माग गरेको छ । सरकारले सामुदायिक वन उपभोक्ता समूहको अधिकार कटौती गर्ने र वन प्राविधिकले वैधानिकरुपमा सालका रुखमा मात्र ध्यान दिने गरी वैज्ञानिक वन व्यवस्थापनका नाममा वन मास्ने कार्य गर्दै आएको महासङ्घको आरोप छ । महासङ्घले यस प्रक्रिया अन्त्यको माग गर्दै वनको दिगो व्यवस्थापन प्रक्रिया अगाडि बढाउन सुझाएको छ ।

महासङ्घ अध्यक्ष पाठकले चुरे क्षेत्रलाई वन ऐन २०४९ अन्तर्गत सामुदायिक वनका माध्यमबाट व्यवस्थापन गर्ने व्यवस्था गर्न र संरक्षित क्षेत्रमा सामुदायिक अधिकारको सुरक्षा गर्दै सामुदायिक जनसहभागिताको सुनिश्चितताको समेत माग गरे ।

महासङ्घको नयाँ कार्यसमितिले आगामी चार वर्षका लागि सबै तहमा महासङ्घको विस्तार र संस्थागत सुदृढीकरण, वन स्रोतमाथि समुदायको अधिकार सुदृढ, वन स्रोतको दिगो र एकीकृत व्यवस्थापन, वन उद्यमको विकास र पर्या–पर्यटनमार्फत समृद्धि हासिल गर्न टेवा पु¥याउने लगायतका रणनीतिक दिशासमेत तय गरेको महासचिव विर्षबहादुर शाहीले जानकारी दिए ।

वन क्षेत्रका हरेक अभियानमा लैङ्गिक समानता, सामाजिक न्याय, समावेशीकरण र सुशासनलाई सुदृढीकरण गर्ने, महासङ्घलाई वातावरण, जैविक विविधता एवं जलवायु परिवर्तनको क्षेत्रमा एक अभियानकारी संस्थाका रुपमा स्थापित गर्ने, नागरिक समाज, सरोकारवाला र सञ्चार क्षेत्रसँगको सहकार्यलाई सवल बनाउने महासङ्घको रणनीतिक योजना छ ।
रासस

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार ००:००