असोज, ३०, म्याग्दी अन्नपूर्ण गाउँपालिका–३ दानास्थित ज्ञानप्रकाश माविको भवन निर्माणमा पूर्वगोर्खा सैनिकले सघाएका छन् ।
बेलायती पूर्वगोर्खा सैनिकको पहलमा रु ७२ लाख ११ हजार रुपैयाँ र विद्यालयको रु २५ लाख १० हजार गरि कूल ९७ लाख २१ हजार रुपैयाँमा दुई तले पक्की भवन निर्माण भइरहेको छ । भवन निर्माणको काम ८५ प्रतिशत सकिएको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले जानकारी दिए ।
भवन निर्माणका लागि सहयोग जुटाउन बेलायतको गोर्खा सैनिकका सेवा निवृत्त दानावासीले पहल गरेका थिए । कक्षा ११ र १२ को पठनपाठन सञ्चालनका लागि उक्त भवन प्रयोगमा ल्याइने प्रधानअध्यापक शान्तबहादुर नेपालीले बताए । उक्त विद्यालयमा ३३६ विद्यार्थी अध्ययनरत छन् ।
यसअघि सरकारी निकाय र समुदायको सहयोगमा आठकोठे र सातकोठे दुई भवन, नौकोठे छात्रावास भवन, खेलमैदान र प्रवेशद्वार पनि निर्माण गरिएको थियो
विद्यालयको ‘शिक्षा विकास अध्यक्षकोष’मा दाना घर भई हाल बेलायतमा बस्ने फ्रेण्डली ब्रर्दश दाना सेरेफेरो युकेले दुई वर्षअघि १ करोड १५ लाख रुपैयाँ उपलब्ध गराएका थिए । रासस




प्रतिक्रिया