२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वसन्तपुर–चैनपुर सडकः हिलाम्मे सडक बनाउन सांसद्को ताकेता



 

असोज १९, सङ्खुवासभा । विजयादशमी नजिकिएसँगै वसन्तपुर–चैनपुर सडक खण्ड निर्माणले गति लिएको छ । अहिले जिल्ला प्रवेश गर्ने टुटेदेउराली देखि मुढे सम्मको सडक हिलाम्मे छ ।

सडकमा तीन फिटभन्दा बढी खाल्डामा गाडी भासिएपछि निकाल्न घण्टौँ लाग्छ । करीब १३ किमी कालोपत्रे सडक हिलाम्मे भएपछि यात्रु जोखिमको यात्रा गर्न बाध्य छन् ।

चुनावका बेला यी सडक बाह्रै महीना सञ्चालन गर्ने मुख्य ‘एजेन्डा’ लिएर निर्वाचनमा होमिएकाले चासो नदिएको स्थानीयबासीको गुनासो आएपछि जनप्रतिनिधिले चासो दिन थालेका छन् ।

प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले सडक सहज नहुनुको जिम्मेवारी निर्माण कम्पनीले लिनुपर्ने भन्दै घटस्थापनाको अघिल्लो दिनसम्म टुटेदेउराली देखि मुढे सम्म बसेर सडक निर्माण गराउने प्रतिबद्धता जनाए । निर्माण पूरा नभएसम्म आफू सो क्षेत्रमा रहने उनले बताए ।

धर्मदेवी नगरपालिकाका प्रमुख रमेश जिमी सडकको दुदर्शाले सबैलाई दुःख भएको बताउछन् । धुपुका धर्म चापागाईंले भने, “बाटोको अवस्था खराब हुनुमा जनप्रतिनिधि पनि दोषी छन् ।”
रासस

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार ००:००