२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोदी गाउँपालिकाको सबै वडामा ज्येष्ठ नागरिक विश्रामस्थल



 

असोज १६, पर्वत । मोदी गाउँपालिकाले सबै वडाहरूमा ज्येष्ठ नागरिकका लागी बिश्रामस्थल बनाउने भएको छ ।

ज्येष्ठ नागरिकहरूलाई पुनर्मिलन गराउने उद्देश्यले विश्रामस्थल बनाउन लागिएको हो । विश्रामस्थल निर्माणको शुरुआत मोदी गाउँपालिका–५ बाजुङबाट गरिएको छ ।

अनुभव र योगदान भएका ज्येष्ठ नागरिकको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएकाले निर्माणलाई अभियानकै रुपमा लिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताए ।

पौडेलले गाउँपालिकाले महिला, बालबालिका र ज्येष्ठ नागरिकको हकहितका लागि चालू आर्थिक वर्षमा विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्न लागेको जानकारी दिए ।

बाजुङमा बन्ने विश्रामस्थल बनाउन पहिलो चरणमा ३ लाख रुपैयाँ विनियोजन गरेको थियो । आगामी बर्ष देखि सबै वडामा बिश्रामस्थल बनाउन बजेट विनियोजन गर्ने गाउँपालिका प्रवक्ता विमल लामिछानेले बताए ।

मोदी गाउँपालिकामा आठ वडा छन् । यस वर्ष वडा नं ५ मा तयार हुनेछ भने आगामी वर्ष आठ वटै वडामा निर्माण गरिने गाउँपालिकाका अध्यक्ष पौडेलले बताए । रासस

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलबार ००:००