२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ३ का आवधिक योजना साझा सहमतिमै कार्यान्वयन गरिने

लेखक स्थानीय खबर १४ आश्विन २०७५, आइतबार १ मिनेट पढाइ

 

असोज १४, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा सञ्चालन हुने पाँच वर्षे आवधिक योजनालाई अब साझा सहमतिको आधारमा गुरुयोजना तयार गरी स्थानीय तहमा क्रमशः कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताएका छन् ।

उक्त प्रदेशको नीति तथा योजना आयोगद्वारा आज हेटौँडामा आयोजित ‘आवधिक विकास आयोजनाको आधारपत्र तर्जुमा कार्याशाला गोष्ठी’ शुभारम्भ गर्दै उनले विगतको समयमा राष्ट्रिय योजना आयोगबाट निर्देशित योजनालाई अब सुधार गरी प्रदेशस्तरबाटै जनभावना अनुरुपको भूगोल, व्यवहारिक, दिगो र सन्तुलित विकास योजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वय गरिने जानकारी दिए ।

उनले आवधिक योजनालाई जनप्रतिनिधिको सुझावअनुरुप छनोट गरी जनताको घरदैलोमा पु¥याउन व्यावहारिक दक्ष जनशक्ति उपलब्ध गराउँदै अब प्रदेश सरकारले वृहत् योजनालाई बंैकिङको स्वरूप दिने र आवश्यकता अनुसार कार्यान्वयन गर्दै लैजाने सुझाव दिए ।

प्रदेशस्तरीय नीति योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले अब वैज्ञानिक सोच र चिन्तनद्वारा आवधिक योजनालाई समीक्षा गरी तत्काल दिगो व्यवस्थापन गर्न सकिने राष्ट्रिय गौरवको आयोजनालाई सन्तुलित ढङ्गबाट परिचालन गर्नका लागि आवश्यक नीति योजना र अनुगमन गर्न प्रदेश सरकारले निरन्तरता दिनुपर्ने सुझाव दिए ।

भोलिसम्म सञ्चालन हुने सो गोष्ठीमा उक्त प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीहरू प्रदेशस्तरीय नीति योजना आयोगका पदाधिकारी, योजनाविद्, मकवापुर जिल्लाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि, मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव आनन्दराज ढकाल, विभिन्न मन्त्रालयका सचिवको सहभागिता थियो ।
रासस

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।