२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यावसायिक कफी खेती सुरू



कृष्ण न्यौपाने

असोज ६, दमौली तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका कृषकले व्यावसायिक रूपमा कफीखेती सुरू गरेका छन् । जिल्लाको अतिविकट कछार क्षेत्र मानिने छिपछिपेका कृषकले ५० रोपनी क्षेत्रफलमा कफी खेती सुरू गरेका हुन् ।

यस ठाउँका कृषकले सुन्तलाखेती समेत गर्दै आएका छन् । अन्य खेती नहुने भएपछि यहाँका कृषकले सुन्तलासँगै व्यावसायिक रूपमा कफीखेती सुरू गरिएको स्थानीय कृषक मिनबहादुर रानाले जानकारी दिए ।

“०५२/५३ मा स्थानीय कृषक लिलबहादुर गुरुङले कफीको परीक्षण उत्पादन गर्दा हावापानी उपयुक्त भएको पाएपछि अहिले आएर उहाँको सिको यहाँका कृषकले गरेका हुन्”, रानाले भन्ने ।

त्यसयता उत्पादन गरेको कफीले बजार नपाएका कारण कफीखेतीमा कमी आए पनि विसं २०७१/७२ देखि भने कफीको राम्रो माग रहेको छ ।
अहिले यस ठाउँका २७ कृषकले कफीखेती सुरू ्गरेका छन् । बालकेश आधारभूत विद्यालयमा प्रधानाध्यापकसमेत रहनुभएका कफी कृषक आशकुमार गुरुङले आर्थिक रूपमा सवल बन्न कफीखेती सुरू गरिएको बताए ।

“शिक्षण पेशा छाडेपछि पूर्णरूपमा यही खेतीमा आबद्ध हुनेछु”, उनले भने, “छिपछिपेलाई कफी र सुन्तलाको पकेटक्षेत्र बनाउने सोच छ ।”

समूहका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार छिपछिपेबाट गत आर्थिक बर्षमा प्रतिकिलो ५ सय रुपैयाँका दरले ६ क्विन्टल कफी बिक्री भएको थियो ।

कृषकले उत्पादन गरेको कफी तनहुँ कफी व्यवसायी संघलाई बिक्री गर्ने व्यवस्था मिलाइएको छ । यहाँ उत्पादित कफी अमेरिका, जापान, जर्मनलगायतका युरोपियन देशमा निर्यात हुने गरेको छ ।

अर्गानिक पद्धतिबाट गरिएको कफीको विदेशमा राम्रो माग रहेको छ । मङ्सिरदेखि फागुनसम्म कफी टिप्न शुरु गरिने र वैशाख जेठमा बिक्री हुने गर्दछ । रासस

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार ००:००