२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झोलुङ्गे पुल जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य



 

असोज ५, बैतडी । डोडेश्वर झोलुङ्गे पुल जीर्ण हुँदा सुर्नया गाउँपालिकाका बासिन्दा जोखिमपूर्ण रूपमा यात्रा गर्न बाध्य भएका छन् ।

उक्त पुल जीर्ण हुँदा स्थानीयवासी र गाँउपालिका जाने सेवाग्राहीलाई पनि समस्या भएको छ । वर्षौँ पारानो पुलको फल्याक कुहिएर झरिसकेकाले आवतजावत गर्न अप्ठ्यारो भएको सुर्नया–२ का मोहनबहादुर बिष्टले बताए ।

सतबाँझ श्रीभावर सडक वर्षाले अवरुद्ध भएपछि पैदलमार्गको उक्त पुल पनि जीर्ण हुँदा समस्या भएको उनले बताए । गाँउपालिकाको वडा नं १, २ र ३ का बासिन्दाले गाउँपालिका जान सोही पुल प्रयोग गर्नुपर्ने बाध्यता छ ।

वर्षात्को समयमा खोला बढेपछि तर्न नसकिने र पुल पनि जीर्ण भएकाले आवतजावत गर्न समस्या भएको सुर्नया–४ का प्रकाश भाटले बताए । उनले भने, “पुलमा आवतजावत गर्न डर लाग्छ ।”

डोडेश्वर खोलामा पुल नहुँदा विद्यार्थीलाई समेत आवतजावत गर्न समस्या भएको रौलेश्वर माविका शिक्षक दीपेन्द्र बिष्टले जानकारी दिए । जीर्ण पुल गाँउपालिकाले अगामी वर्ष मर्मत गर्ने जनाएको छ ।
रासस

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार ००:००