१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिजिटल प्रहरी परिचालन प्रणालीको शुभारम्भ



 

असोज ४, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित बनाउन प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागिएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङमा पहिलो चरणमा शुुरु भएको डिजिटल प्रहरी परिचालन प्रणालीको आज शुभारम्भ गर्र्दै उनले छिमेकी मुलुकसँग जोडिएको सीमा क्षेत्रमा सुरक्षा व्यवस्थित बनाउन मोबाइल एप्स प्रणाली पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री राईले विगत सात महीनामा प्रदेश सरकार आवश्यक संरचना तथा पूर्वाधार निर्माणमा लागेकाले अबको समय प्रदेशको समृद्धिमा लाग्ने बताए ।

सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नागरिकको सुरक्षाका लागि प्रदेश सरकार संवेदनशील रहेको बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रमुख जिल्ला अधिकारी रमेश केसी र प्रदेश प्रहरी प्रमुख केदार रिजालले डिजिटल प्रहरी परिचालन प्रणालीलाई विस्तार गर्नुपर्ने औँल्याए ।
रासस

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहिबार ००:००