भदौ ३०, रोल्पा । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विभिन्न बहानामा सङ्घीयता विरोधीले टाउको उठाउन खोजेको आरोप लगएका छन् ।
जिल्ला समन्वय समिति रोल्पाले शनिबार लिवाङमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री पुनले सङ्घीयतामाथि नै प्रहार हुने गरी गतिविधि भइरहेको दाबी गरे ।
सङ्घीयताको मर्मअनुसार काम गरे मात्रै जनताको मन जित्न सकिने उनले बताए । संघीयता नचाहने समूहले सङ्घीयताको बदनाम गर्न लागेकाले त्यसप्रति सबै सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तिमगर, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसी, राष्ट्रियसभाका सांसद मीना बुढामगर, प्रदेश सांसद दीपेन्द्र पुनमगर लगायतले जनताको आवश्यकता अनुसार सरकार चल्नु पर्ने बताएका थिए ।
कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहले अघिल्लो आर्थिक वर्षमा सम्पादन गरेका कार्यक्रम र बजेट प्रस्तुतीकरण गरेका थिए । रोल्पामा १ नगरपालिका र ९ गाउँपालिकासहित १० वटा स्थानीय तह छन् । रासस




प्रतिक्रिया