६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनोद न्यौपानेको पुस्तक ‘नेपालमा संघीयता र राजनीतिक–आर्थिक बहाव’ विमोचन



 

स्थानीय खबर संवाददाता
भदौ ३० काठमाडौं ।

विनोद न्यौपानेले लेखेको पुस्तक ‘नेपालमा संघीयता र राजनीतिक–आर्थिक बहाव’ विमोचन गरिएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा बरिष्ठ पत्रकार भैरब रिसालले पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा बिश्लेषक सौरभले नेपालका लागी संघीयता प्रतिकूल व्यवस्था भएको टिप्पणी गरे । संघीयताले ‘पृथकतावाद’लाई प्रश्रय दिने सौरभको दाबी छ । नेपालको आवश्यकताभन्दा पनि कसैको स्वार्थमा संघीय व्यवस्था अपनाईएको सौरभको आरोप छ । मुलुक बचाउने मध्यम बर्ग भएको तर संघीयताले मध्यम बर्गलाई सिध्याउने सौरभको दाबी छ ।

बरिष्ठ पत्रकार तथा देशसञ्चार डटकमका प्रधानसम्पादक युवराज घिमिरेले संघीयताबारे नेपालमा अझै अन्योल रहेको टिप्पणी गरे । सबैजसो महत्वपूर्ण काम विधिसम्मत भन्दा पनि हचुवाका भरमा हुने गरेको घिमिरेको टिप्पणी छ ।

“सुवास नेम्वाङ प्रतिनिधी सभाको सभामुख, दुई वटा संविधान सभाको अध्यक्ष हुनु भयो । तर विधि प्रक्रिया मिच्ने उहाँ नै हुनुहुन्थ्यो,” घिमिरेले भने, “नेम्वाङ जतिको बुझेको नेताले हरेक चिज फार्स्ट ट्रयाकका नाममा बिधि र प्रक्रिया मिच्ने काम गर्नु भयो भने अरूका के कुरा ?”

बिश्लेषक डा. बिष्णुराज उप्रेतीले संघीय व्यवस्था बुझ्न पुस्तक उपयोगी हुने टिप्पणी गरे । उप्रेतीले पनि नेपालमा संघीय व्यवस्था पर्याप्त छलफल र सूझबुझविना हचुवामै ल्याइएको टिप्पणी गरे ।

यसै गरि प्रमुख अतिथी रिसालले भ्रष्टचारका सन्दर्भमा निर्वाचित जनप्रतिनिधी हुँदा र नहुँदा कुनै फरक नआएको टिप्पणी गरे । “हिजो जनप्रतिनिधी नहुँदा भ्रष्टचार भएको गुनासो जति सुनिन्थ्यो, आज जनप्रतिनिधी हुँदा पनि गुनासो उत्तिकै छ,” रिसालले भने ।

४७२ पृष्ठ लामो उक्त पुस्तकमा मुख्यतः संघीयताको अभ्यासबारे चर्चा गरिएको छ । पुस्तकमा संघीय व्यवस्थाको विश्व अनुभवसहित नेपालको सन्दर्भहरूसमेत उल्लेख गरिएको छ । पुस्तकमा खासगरि संघीयता व्यवस्थाको शासकीय पद्दति, भ्रष्टचार, राजनीतिक तथा आर्थिक पक्षका बारे चर्चा गरिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार ००:००