१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा–पर्वत सुरुङमार्ग चार वर्षभित्र पूरा गर्ने प्रतिबद्धता



 

भदौ २७, पर्वत । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङमार्ग चार वर्षभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तीजको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित तीज मेलालाई सम्बोधन गर्दै मन्त्री लम्सालले पर्वत लगायत साविक धौलागिरिका चार जिल्लालाई प्रदेश राजधानी पोखरासँग प्रत्यक्ष जोड्ने उक्त सरुङमार्गको अहिले विस्तृत अध्ययन गर्ने काम भइरहेको बताउँदै अबको चार वर्षभित्रमा पूर्णरुपमा सम्पन्न गर्ने तयारीमा रहेको बताए ।

नेपालको मुख्य पर्यटकीय हबका रुपमा विकास हुँदै गएको पोखरामा आउने आन्तरिक पर्यटकलाई अन्य जिल्लामा पनि पु¥याउनका लागि २०० सुविधासम्पन्न होटल स्थापना गर्नेतर्फ पनि प्रदेश सरकार लागिपरेको बताए । उनले पाँच वर्षभित्रमा ३०० घरबास सेवा तयार गरिने बताए ।

मन्त्री लम्सालले पोखरालाई ग्रेटर सिटी र अन्य आपसापका जिल्लालाई स्याटलाइट सिटीका रुपमा विकास गर्ने गरी प्रदेशले बजेट तथा नीति तयार गरेको बताए । उनले गण्डकी प्रदेशले सुरुङ मार्गको योजनालाई प्राथमिकतमा राखेको बताए ।
रासस

प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार ००:००