भदौ ९, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलबिरेमा आज साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ ५ः२० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाउने काम शुरु भएको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएसँगै सवारीसाधन रोकिएका छन् । पहिरोले दुःख दिने गरेको यस सडकखण्डमा विगत १ महीनायता पहिरो खसेको थिएन । रासस


प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।