१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नमुना तयार पार्न नसक्दा काठमाडाैं महानगरपालिकामा सार्वजनिक साैचालय बनेन



 

भदौ २५, काठमाडौं । सार्वजनिक शौचालय निर्माणकालागि नमूना तयार गर्न नसक्दा काठमाडौं महानगरपालिकाले निर्माण कार्यलाई अगाडि बढाउन सकेको छैन ।

अघिल्लो आर्थिक वर्षमानै शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आएको महानगरपालिकाले पछिल्लो पटक गत साउन १ गतेदेखि काम शुरु गर्ने जनाउँदै आएको थियो ।

कामपाको निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेलेका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामै दश स्थानमा काम शुरु गर्ने योजना भए पनि शौचालयको नमूना तयार गर्न नसक्दा काम अघि बढ्न सकेको छैन ।

उनले भने, “एउटा शौचालयको निर्माण लागत दश लाख लाग्ने अनुमान छ । तर जतिपनि निर्माण गर्छु भनेर आउने कम्पनीले निर्माण गर्न न्यूनतम १५ लाख सम्मको लागत लाग्ने ल्याएका छन्, नमूना हामीले भनेको जस्तो छैन्, त्यसैले काम अघि बढ्न नसकेको हो ।”

महानगरले भने जस्तो शौचालय निर्माण गर्न कम्तीमा चार महिना लाग्नेछ । पहिलो चरणमा निर्माण हुने शौचालयको प्रभावकारिता र अन्य स्थानको आवश्यकता हेरि थप स्थानमा आवश्यक शौचालय निर्माण गर्ने योजना रहेको कामपाले जनाएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो चुनावी घोषणापत्रमा नै ‘क्लिन द सिटी’ र सार्वजनिक शौचालय निर्माणको काम पहिलो प्राथमिकतामा राखेका थिए । तर अहिलेसम्म पनि काम अघि बढ्न सकेको छैन ।

गत वर्ष नै सडक विभागले काठमाडौंका सडक आसपासका विभिन्न ४२ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न कामपालाई अनुमति दिइसकेको छ । पानीको समस्याका कारण सुन्धारा, रत्नपार्कलगायत स्थानमा रहेका सार्वजनिक शौचालय प्रयोगमा आउन सकेका छैनन् । सरकारले सन् २०१७ सम्म नेपालका सबै जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको थियो ।
रासस

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार ००:००