५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीको दुधौली खोलाको पुल भासियो



 

भदौ १७, सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकास्थित दुधौली खोलाको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पुल भासिएको हो ।

पुल भासिदा अहिले सवारी आवागमन अवरुद्ध भएको छ । बाढीका कारण वैकल्पिक राजमार्ग अन्तर्गत कटारी–दुधौली सडक खण्ड अन्तर्गत दुधौली नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल भासिएपछि अहिले चार पाङग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

पुलमा सवारी चलाउँदा दुर्घटनाको सम्भावना रहेकाले सवारी सञ्चालनमा रोक लगाइएको दुधौली नगरपालिका ८ का वडाध्यक्ष मोहनचन्द्र दाहालले जानकारी दिए । पुलको पिलर भासिएपछि पुल नै लच्किएकाले अर्को विकल्प नहुन्जेलसम्म पुलमार्फत सवारी साधन नचलाउन नगरपालिकाले अनुरोध गरेको छ ।

सडक विभागलाई छिट्टै डाइभर्सनको व्यवस्था मिलाइ आवतजावतमा सहज बनाउन माग गरिएको स्थानीय कपिल खड्काले बताए ।

आर्थिक वर्ष २०६२/६३ मा प्रजुना निमार्ण सेवाले ठेक्का लिइ सम्पन्न गरेको पुल भासिदा दुधौलीका स्थानीय व्यापारी र सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन् । २० मिटर लम्बाइ रहेको पुल २० लाख बराबरको लागतमा निर्माण भएको थियो ।
रासस

प्रकाशित मिति : १७ भाद्र २०७५, आइतबार ००:००