२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली विकट होइन, प्रकृतिको वरदान होः मुख्यमन्त्री शाही



भदौ १५, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकट नभई प्रकृतिको वरदान भएको बताएका छन् ।

शिक्षक दरबन्दी पुनःवितरण कार्यदलद्वारा आज यहाँ आयोजित सुझाव सङ्कलन कार्यक्रममा उनले भने, “कर्णालीलाई विकट र गरीब प्रदेश भनेर मनोवैज्ञानिक त्रास फैलाइ कमजोर बनाइएको छ । यहाँको ढुङ्गा, माटो र हावापानीमा डलर छ भन्ने चिन्नु पर्दछ ।”

कर्णालीभित्रको प्राकृतिक सम्पदालाई चिन्न र त्यसलाई विश्व बजारमा विक्री गर्न सक्ने व्यावहारिक एवं प्राविधिक शिक्षा आवश्यक भएको उनले बताए । साथै शिक्षाले मानिसको जीवनस्तरमा आमूल परिवर्तन गर्नु पर्नेमा पनि उनको जोड थियो ।

सामाजिक विकासमन्त्री दल रावलले मानव विकासको मुख्य आधार शिक्षा भएकाले मुलुक गरिखाने बर्गको शिक्षामा गम्भीर हुने बताए । यसका लागि कर्णाली प्रदेश सरकारले पर्वतीय प्राविधिक विश्वविद्यालय स्थापनाको अवधारणा अघि बढाएको बताए ।

शिक्षक दरबन्दी पुनःवितरण कार्यदलका संयोजक महाश्रम शर्माले शिक्षक दरबन्दी मिलानमा मुलुकभरि समस्या देखिएको र त्यसमा पनि कर्णाली प्रदेश झनै मारमा परेको बताए ।

शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष बाबुराम थापाले भूगोल ठूलो तर जनसङ्ख्या कम हुँदा पनि कर्णालीमा शिक्षक सङ्ख्या निकै कम भएको टिप्पणी गरे । साथै स्थायी र राहत शिक्षकको आवश्यक व्यवस्थापन र शिक्षक विद्यार्थी अनुपात अपेक्षित बन्न नसकेसम्म गुणस्तरीय शिक्षा प्राप्त नहुने उनले बताए । रासस

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार ००:००