भदौ १२, बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका १ स्थित सिसै किसुली सडक खण्डको घमाहा खोलामा पक्की पुल निर्माण हुने भएको छ ।
विश्व बैङ्कको सात करोड १५ लाख ३८ हजार ४५१ को सहयोगमा उक्त गाँउपालिका १ र २ हुँदै सैनामैना नगरपालिका जोडने ५० मिटर लामो सो पुल निर्माण गर्न लागिएको हो ।
एक वर्षभित्र पुल निर्माण कार्यसक्ने गरी रायमाझी दया निर्माण सेवा प्रालिले गत असार २५ गते ठेक्का लिने सम्झौता गरेको थियो । उक्त खोलामा पुल नहुँदा वर्षायाममा विद्यार्थी र स्थानीयवासीले कष्टका साथ असुरक्षित मानिएका डुङ्गाबाट आवतजावत गर्दै आएका छन् ।
नेकपाका नेता तथा रुपन्देही क्षेत्र नं ३ का सांसद घनश्याम भुसालले विकास निर्माणमा पक्ष र विपक्ष नहुने उल्लेख गर्दै आर्थिक उन्नतिबाटै मुलुकको समृद्धि हुने बताए । शुद्धोदन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले तोकिएकै समयमा पुल निर्माण गर्न आग्रह गरे ।
रासस




प्रतिक्रिया