भदौ १२, पोखरा । पोखरा महानगरपालिका ३३ बागमारास्थित पानीट्याङ्की–लुतेको चौतारा सडक १५ लाख ८८ हजार २६७ लागतमा कालोपत्रे गरिएको छ ।
कूल ३५० मिटर लम्बाइ र पाँच मिटर चौडाइको सडक महानगरपालिका र जनसहभागिताबाट ५०÷५० प्रतिशत लागतमा सम्पन्न भएको हो ।
योजना सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले सबैको सहयोगमा योजना सफल भएको बताए ।
वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले वडामा सडक पूर्वाधारका साथै अन्य विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे ।
रासस




प्रतिक्रिया