१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीको संसदीय समितिले अझै नेतृत्व पाएन



भदौ १०, सुर्खेत । कर्णाली प्रदेशका संसदीय समितिहरू अहिलेसम्म पनि नेतृत्वविहीन छन् । समितिहरू गठन भएको चार महिना बितिसक्दा पनि नेतृत्व पाउन सकेका छैनन् ।

कर्णाली प्रदेशसभाको गत चैत २६ गते बसेको दशौँ बैठकले चार वटा संसदीय समिति गठन गरेको थियो । प्रदेशको सभामा विधायन तथा प्रदेश मामिला समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समिति गठन गरिएको छ ।

समिति गठन भएको लामो समय बितिसक्दा पनि यहाँका दलहरूले संसदीय समितिहरुमा नेतृत्व छान्न नसक्दा सबै समितिमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।

पार्टी एकताका कारण सबैको ध्यान पार्टी नेतृत्वमा केन्द्रित भएको हुँदा संसदीय समितिको नेतृत्व चयनमा ढिलाइ भएको नेकपाका सांसद करवीर शाहीले बताए । पहिला पार्टीमा नेताको कार्य विभाजन भए संसदीय दलको पदाधिकारी तथा समितिहरुको जिम्मेवारी दिन सजिलो हुने शाहीको भनाइ छ ।

पार्टी एकतापछि नेकपाले संसदीय दलको नेता र प्रमुख सचेतकलगायतका संसदीय पदाधिकारी छनोट गर्नसमेत सकेको छैन । नेपाली काङ्ग्रेसका कर्णाली प्रदेशका सांसद यज्ञबहादुर बीसीले सत्ता पक्षकै कारण संसदीय समितिहरू नेतृत्वविहीन रहेको बताए । रासस

प्रकाशित मिति : १० भाद्र २०७५, आइतबार ००:००