२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अरनिको राजमार्गः वैकल्पिक मार्ग सञ्चालनमा



 

भदौ ७, चौतारा । शनिबार रातिको बाढीपहिरोले अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बाह्रबीसे बजारस्थित साँधी खोलाको पक्की पुल बगाएपछि अस्थायीरुपमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ ।

बाह्रबीसे नगरपालिका–३ र ४ को बीचमा पर्ने पक्की पुल बगाउँदा नगरपालिकाको केही वडा र भोटेकोशी गाउँपालिकाबीच यातायात सम्पर्क स्थापित गर्न वैकल्पिक अस्थायी मार्ग बनाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

वर्षात् कम भएपछि सो ठाउँमा पक्की पुल बनाइने र बजार क्षेत्रमा क्षति पुग्न नदिन दुई स्काभेटर तयारी हालतमा राखिएको प्रजिअ अधिकारीले बताए । बगाएको पुलको ठाउँमा अढाइ महिनाभित्र सम्पन्न हुने गरी पक्की पुल निर्माण गरिने सडक डिभिजन कार्यालय दोलखाका डिभिजन इञ्जिनियर अशोक तिवारीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहिबार ००:००