१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीको धवलागिरि गाउँपालिकामा पहिरो एघार घर पहिरोको जोखिममा



 

भदौ ७, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं २ खोरियामा गएको पहिरोका कारण ११ घर जोखिममा परेका छन् ।

खोरियाको कमेरीखोल्सामा गएको पहिरोका कारण धारा टोलका ११ घर जोखिममा पर्नुका साथै ८९ घरधुरीलाई दैनिक कार्य गर्न र विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको स्थानीयबासी ज्ञानबहादुर पाइजाले बताए ।

निरन्तरको पहिरोका कारण जोखिम मोलेर आवतजावत गर्नुपर्ने भएकाले उक्त वडाका वडाध्यक्ष गमप्रसाद विश्वकर्माले स्थानीयबासीलाई सर्तकता अपनाउन अनुरोध गरिएको बताए । बर्खा रोकिएपछि पहिरो नियन्त्रणको काम गरिने उनको भनाइ थियो ।

यसैबीच सोही वडाको जुगेपानीको पहिराले पदमार्ग बगाएपछि स्थानीयबासी पाँच मिनेटको बाटो पार गर्न ३० मिनेट घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएका छन् । गाउँपालिकाको केन्द्र मुनादेखि लमसुङ जाने बाटोमा पर्ने जुगेपानीमा करीब १०० मिटर पदमार्ग पहिरोले बगाएपछि धनमाने, खोरियाका बासिन्दालाई कमेरीखोल्साको घुमाउरो बाटो हिड्नुपर्ने भएको हो ।
रासस

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहिबार ००:००