१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढी कर नलगाउन राष्ट्रिय प्रजातन्त्र पार्टीको आग्रह

लेखक स्थानीय खबर ३१ श्रावण २०७५, बिहिबार १ मिनेट पढाइ

 

३१ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले निर्वाचन जितेको गाउँपालिका र उपमहानगरपालिकामा साविकको गाविस र नगरपालिकाले लगाएकोभन्दा बढी कर नलगाउन र लगाएको भए फिर्ता गर्न आग्रह गरेको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबाट लगाइएका विभिन्न करले निश्चित आय भएका सर्वसाधारण जनतालाई जीविकोपार्जनमा कठिन भएको ठहर गर्दै अव्यवहारिक र जनतालाई कष्ट पर्ने कर तत्काल खारेज गर्न माग गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

गएको स्थानीय निकायको निर्वाचनमा राप्रपाले चार वटा गाउँपालिका अध्यक्ष र एक नगरपालिका प्रमुखमा जीतेको थियो ।
रासस

प्रकाशित मिति : ३१ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।