५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपसचिवमाथि हातपात गर्नेलाई कारवाही गरिने 



साउन २८, काठमाडौं । सरुवाको बिषयलाई लिएर उपसचिव ऋषिराज आर्चायमाथी हातपात गर्ने विद्यालय निरिक्षक जीवन भण्डारीलाई सरकारले कारवाही गर्ने भएको छ ।

आइतबार अपराह्न सरुवाको विषयलाई लिएर संघ तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख आचार्यमाथि हातपात गर्ने भण्डारीलाई निजामती सेवा ऐन अनुसार कारवाही गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

भण्डारीले उपसचिव आचार्यमाथि कुटपिट गर्नाका साथै मन्त्रालयको गमला र फर्निचरसमेत तोडफोड गरेका थिए । रासस

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार ००:००