२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं. ३ को वस्तुस्थिति बिबरण सार्वजनिक



 

साउन २२, हेटौंडा । प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा योजना आयोगले प्रादेशिक वस्तुस्थिति बिबरण सार्वजनिक गरेको छ । आयोग गठन भएको ४५ दिनभित्र सार्वजनिक गरिएको बिबरणमा ३ नं. प्रदेशको भूगोल, स्थानीय तह, जनसांख्यिक बिबरण, पूर्वाधार, सञ्चार, शिक्षा, स्वास्थ्य, कृषी वन तथा वातावरण क्षेत्रको बिबरण उल्लेख छ ।

यसैगरि कर्मचारी बिबरण, उद्योग, आर्थिक, मानव विकास सूचकांक, गरिबी र कूल ग्रहास्थ उत्पादनको समेत बिस्तृत बिबरण समावेश गरिएको छ ।

बिबरण मुख्यमन्त्री डोरमणि पौडेलले विनायोजना विकास सम्भव नहुने र त्यसका लागी प्रारम्भिक तथ्यांक आवश्यक पर्ने बताए । “बिबरण संकलन सुरुवाति काम मात्र हो । यसैको जगमा उभिएर प्रादेशिक विकासको खाका कोर्दैछौं,” पौडेलले बताए ।

उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने प्रधानमन्त्रीको लक्ष्यलाई समेत सहयोग पु-याउने दाबी गरे । आयोगका उपाध्यक्ष खिमलाल देवकोटाले बिबरण ३ नं. प्रदेशको विकासका लागी कोशेढुङ्गा सावित हुने दाबी गरे ।

“यो प्रारम्भिक काम हो । अब प्रादेशिक विकासको खाका तयार पार्दैछौं,” उनले भने । योजना आयोगका सदस्य श्याम बस्नेतले बिबरणले समग्र प्रदेशको विकासमा योगदान दिने बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७५, मंगलबार ००:००