५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधिका लागि सञ्चालित तीनदिने तालीम सम्पन्न



 

साउन २०, भक्तपुर । सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरुलाई तीनदिने भूकम्पपछिको पुनः निर्माण र स्थानीय सरकार सञ्चालन विधिसम्बन्धी तालीम प्रदान गरिएको छ ।

राष्ट्र निर्माण मञ्च नेपालद्वारा आयोजित तीनदिने सो तालिम आज समापनका अबसरमा न्यायाधीश बामदेव ज्ञवालीले स्थानीय तहमा कानून निर्माणका प्रक्रिया, त्यसको नमूना अभ्यासबारे जानकारी गराए ।

यसअघि अधिवक्ता टीकाराम भट्टराईले ‘देवानी ९संहिता० र कार्यविधि ९संहिता० ऐन ९२०७४०’, अधिवक्ता अनिलकुमार श्रेष्ठले ‘स्थानीय सरकार सञ्चालन विधिसम्बन्धी कानूनी व्यवस्था’ र अधिवक्ता रामकृष्ण काफ्लेले ‘मेलमिलाप चरण, कानूनी व्यवस्था र नमूना अभ्यास’बारे प्रशिक्षण दिएको मञ्चका अध्यक्ष निर्मलकुमार उप्रेतीले बताए ।

यसैगरी राष्ट्रिय पुनः निर्माण प्राधिकरणका शाखा अधिकृत लालबहादुर बस्नेतले ‘भूकम्प प्रभावित संरचनाको पुनः निर्माणसम्बन्धी ऐन, नियमावली र कार्यविधि’बारे जनप्रतिनिधिलाई जानकारी गराएका थिए ।

यस्तै अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले ‘संघीय शासनमा नेपालको न्यायिक संरचना र न्यायिक समितिको क्षेत्राधिकार’ अधिवक्ता वसन्त आचार्यले ‘स्थानीय कानून तर्जुमा र न्यायिक समितिको विवाद निरुपण प्रक्रिया र नमूना अभ्यास’ एवं चार्टर एकाउण्टेण्ट विश्वराज बसौलाले ‘स्थानीय तहको आम्दानी, कर प्रणाली, एकीकृत सम्पति कर, मूल्याङ्कन विधि र व्यवस्थापन’बारे प्रशिक्षण दिएका थिए ।

यसैगरी तालीममा संघीय मामिला, तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल, सामाजिक अभियानकर्मी विष्णुबहादुर खत्रीले जनप्रतिनिधिको नेतृत्व विकासबारे जानकारी दिएका थिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख, दुईवटै नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर समिति सदस्य, वडा सदस्यलगायत ४५ जनाको सहभागिता थियो । मञ्चका अध्यक्ष उप्रेतीले जनतालाई न्यायमा पहुँच अभिवृद्घिका लागि विभिन्न जिल्लामो परियोजना सञ्चालन गर्दै आएको बताए ।
रासस

प्रकाशित मिति : २० श्रावण २०७५, आइतबार ००:००