१ श्रावण २०८२, बुधबार | Thu Jul 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोगटान गाउँपालिकाको नाम हेरफेर गर्न सिफारिश



साउन २०, धनगढी । डोटी जिल्लाको बोगटान गाउँपालिकाको नाम ‘बोगटान फुडसिल’ नाम राख्न सिफारिश गरिएको छ । प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले गाउँसभा र स्थानीय बासिन्दाको मागबमोजिम नाम हेरफेर गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री शाहका अनुसार बैठकले कैलाली जिल्लाको दक्षिणी क्षेत्रको कैलारी गाउँपालिकाको वडा नं ४ मा पर्ने नवलपुर गाउँलाई वडा नं १ मा समावेश गर्न पनि सिफारिस गरेको छ ।

यसैगरि डोटीको आर्दश गाउँपालिकाको वडा नं ४ मा पर्ने पातल गाउँलाई वडा नं ५ मा समावेश गर्न तथा डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र वडा नं ४ को गुवाडी टप्वामा सार्न संघीय सरकारसमक्ष सिफारिश गर्ने निर्ण गरेको छ ।

बैठकले विपद् व्यवस्थापन तथा राहत कोष विधेयक, २०७५ र सुशासन सम्बन्धमा व्यवस्था गर्न विधेयकको मस्यौदा तर्जुमा गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।

यसैगरि प्रदेशको कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्नेलगायतका निर्णय गरेको छ । रासस

प्रकाशित मिति : २० श्रावण २०७५, आइतबार ००:००