५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले घर पुरिदा चारको मृत्यु



 

साउन २०, जाजरकोट । भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लोहारकी श्रीमती, छोरी र दुई छोरा समेतको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन ।

गोपाल सुनारको घरसमेत पुरिएकाले उद्धारकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । अहिले घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरीको सक्रियतामा उद्धारकार्य जारी रहेको छ ।
रासस

प्रकाशित मिति : २० श्रावण २०७५, आइतबार ००:००