२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँध निर्माणसँगै बाढी र कटानको जोखिम घट्दै



 

साउन १८, बनियानी– झापा । झापाको गौरादह नगरपालिकास्थित रतुवा खोलामा बाँध निर्माणपछि बाढी र कटानको जोखिम पनि घट्दै गएको छ ।

गौरादह–५ स्थित रतुवा खोलामा आएको बाढी र कटानबाट बर्सेनि यहाँका बासिन्दा पीडित हुँदै आएका थिए । गत वर्ष १००–१०० मिटर र यस वर्ष थप १५० मिटर बाँध निर्माण भएसँगै जोखिम न्यूनीकरण हुँदै गएको बाँध निर्माण तथा संरक्षण समितिका अध्यक्ष मदन अधिकारीले बताए ।

“स्थानीयवासी स्वयंको सक्रियतामा बाँध निर्माण भएको छ,” अध्यक्ष अधिकारीले भने, “सरकारीस्तरबाट प्रभावकारी सहयोग भएको छैन । बाँध निर्माण भएसँगै २०० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् भने करीब ५०० बिगाहा जमिनमा कटानको जोखिम कम भएको छ ।”

बाँध निर्माणका लागि ‘जनताको तटबन्धन कार्यक्रम’अन्तर्गत गत वर्ष ३० हजार र यस वर्ष १० हजार थान खाली बोरा उपलब्ध गराइएको थियो भने छ मिटर पक्की बाँध निर्माण भएको थियो । गत वर्ष बाँध निर्माणका लागि गौरादह नगरपालिकाले समेत दुई लाख बजेट उपलब्ध गराएको नगरसदस्य गोमा चेम्जोङले जानकारी दिइन् ।

त्यस्तै गौरादह–६ मा पनि रतुवा खोलाका कारण बाढी कटानको उच्च जोखिममा रहेको छ । बाढीका कारण बर्सेनि सयौँ परिवार घरवारविहीन हुनाका साथै कैयौँ बिघा जमिन कटान हुँदै आएको वडाध्यक्ष खड्ग पराजुलीले बताए ।
रासस

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार ००:००