२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभामा स्थानीय करवृद्धि बारेमा सरकारको ध्यानाकर्षण

लेखक स्थानीय खबर १७ श्रावण २०७५, बिहिबार १ मिनेट पढाइ

 

साउन १७, काठमाडौं । प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकमा शून्य समयमा भाग लिने सांसदहरुले वर्षायाममा बजेट सक्ने नाममा गुणस्तरहीन कालोपत्रै गरिएको, नमूनाका रुपमा जनताले हातैले कालोपत्र उप्काएर देखाएका, संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको नाममा सुनुवाइ भइरहेको बेला राजधानीमै सांसद निरु पालमाथि आक्रमणको प्रयास भएको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

राजधानीको हिलो र धुलोले अस्तव्यस्त सडक सुधार गर्न र फोहर मैला व्यवस्थापन गर्ने कार्यक्रम ल्याउन पनि उनीहरुले सुझाव दिए । शून्य समयमा सांसदहरु रगमती शाही, भरतकुमार शाह, महेश बस्नेत, विमल नेपाली, राजन केसी, महेन्द्र कुमारी लिम्बू, मीना सुब्बा, यज्ञबहादुर बोगटी, रामवीर मानन्धर, यज्ञराज सुनुवार, यशोदाकुमारी सुवेदी र रामबहादुर विष्टले भाग लिए ।
रासस

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।