५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माण सामग्री रोकिएपछि टिमुरे घट्टेखोलाको पुल मर्मत कार्य स्थगित



 

साउन १७, रसुवा । पहिरोका कारण निर्माण सामग्री रोकिएपछि टिमुरे घट्टेखोलाको पुल मर्मत कार्य स्थगित भएको छ ।

रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यका अनुसार गत ११ गते गर्ने टिमुरेस्थित घट्टेखोलाको पक्की पुल वर्षाका कारण जगमा क्षति पुगेको र मर्मतका लागि ल्याइएका निर्माण सामग्री बेत्रावती–त्रिशूलीबीच भैंसे भन्ने ठाउँमा सडक अवरुद्ध हुँदा निर्माण सामग्री रोकिएपछि पुल मर्मतमा ढिलाइ भएको हो ।

गल्छी–त्रिशूली–स्याफ्रुबेँसी सडक सुधार आयोजनाका अनुसार भैंसेको पहिरो पन्छाउने कार्य तीब्ररुपमा अगाडि बढिरहेको र पूर्णरुपमा सडक सञ्चलान गर्न नसकिए पनि आंशिकरुपमा एक दुई दिनभित्रै सञ्चालन गरिने जनाइएको छ । पहिरो पूर्णरुपमा पन्छाउन केही समय लाग्ने जनाइएको छ ।

सडक अवरुद्ध भएपछि विशेषगरी मानसरोवर जाने भारतीय तीर्थयात्रीलाई समस्या परेको छ । दैनिकरुपमा भन्सार, राजश्व सरदर एक करोड नोक्सानी हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहिबार ००:००