१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कामपाद्वारा जथाभावी फोहर फाल्नेबाट पाँच लाख बढी असुल

लेखक स्थानीय खबर १६ श्रावण २०७५, बुधबार २ मिनेट पढाइ

 

साउन १६, काठमाडौं । आर्थिक वर्ष २०७४÷०७५ मा काठमाडौं महानगरपालिकाले जथाभावी फोहर फाल्नेबाट पाँच लाख बढी रकम असुल गरेको छ ।

महानगरका मुख्य शहर कालीमाटी चोक, कलंकी चोक, बागबजार, पुतलीसडक, बल्खु, चाबहिललगायतका स्थानबाट जहाँतहीँ फोहर फाल्ने १८१ जनाबाट कारबाहीस्वरुप पाँच लाख छ हजार १५० असुल गरिएको हो । त्यसैगरी अघिल्लो आवमा १४२ जनाबाट पाँच लाख असुल गरेको थियो ।

महानगर वातावरण व्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरका अनुसार कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याक्ने अन्य समयमा जथाभावी र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने १८१ जनालाई कारबाही गरेको हो ।

उनका अनुसार विशेष गरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने गरिएको छ । हरेक दिन काठमाडौं उपत्यकाबाट एक हजार मेट्रिक टन फोहर जम्मा हुने गरेको छ ।

विभागले जथाभावी फोहर फाल्नेबाट न्यूनतम ५०० देखि एक लाखसम्म जरिवानाको व्यवस्था गर्दै आएको छ । त्यसरी फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन् । हरेक दिन कामपाले काठमाडौं उपत्यकाको ८०० मेट्रिक टन फोहर व्यवस्थापन गर्दै आएको छ ।

अहिलेसम्म कामपाले तोकिएको स्थानभन्दा अन्त फोहर थुपार्नेलाई सम्झाउने र कारबाहीस्वरुप आर्थिक रकम मात्रै असुल गर्दै आएको छ । आगामी दिनमा पनि यसरी भनेको नमानेर जहाँतहीँ फोहर फोलेको प्रमाणसहित फेला पारेमा संस्था र व्यक्तिलाई अन्य कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।
रासस

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।