२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैजनाथ गाउँपालिकामा औद्योगिक क्षेत्र स्थापनाका लागी जग्गा अधिग्रहण

लेखक स्थानीय खबर १४ श्रावण २०७५, सोमबार २ मिनेट पढाइ

 

साउन १४, नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ ।

औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्यांकन प्रतिवेदन ९डिपिआर०को काम सकिएको छ । अहिले यहाँ वातावरण प्रभाव मूल्यांकन र उद्योग स्थापनाबारे सर्वेक्षण भइरहेको छ ।

नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार उद्योग स्थापनाका लागि उद्योगीसँग आशयपत्र माग गरिएको छ । आशयपत्र मागको प्रक्रिया पूरा भएपछि औद्योगिक क्षेत्र निर्माणको काम शुरु हुनेछ । नौवस्ताको ३३८ बिगाह क्षेत्रफलमा स्थापना हुने सो औद्योगिक क्षेत्रमा करीब २०० ठूला र मझौला उद्योग स्थापना गरिने पुन बताउछन् ।

अधिग्रहण गरेको जग्गामा हाल २५८ परिवारको बसोवास रहेको छ । ती परिवारले वैकल्पिक व्यवस्था सरकारले गर्नुपर्ने माग अघि सारेका छन् । सो विषयबारे स्थानीय तहमा दलीय बैठकबाट सहमति जुटाउने प्रयास भइरहेको छ । नेपालगञ्ज बजारको मध्यभागमा स्थापना गर्न लागेकाले वातावरणीय प्रभाव पर्ने हुँदा सहर बाहिर औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने देखिएको छ । उद्योगबाट निस्कने धुवाँ र मेसिनको चर्को आवाजका कारण औद्योगिक क्षेत्र सार्नुपर्ने माग वर्षौँदेखि उठ्दै आएको छ ।

नौवस्तामा औद्योगिक क्षेत्र स्थापना भएपछि नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योग आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने कार्यालय प्रमुख पुन बताउछन् । नौवस्तामा औद्योगिक क्षेत्र स्थापना भए यसले प्रदेश नं ५, ७ र कर्णाली प्रदेशको अर्थतन्त्रले ठूलो फड्को मार्ने तथा वस्तु उत्पादनमा मुलुक आत्मनिर्भर हुने विश्वास गरिएको छ ।

“नौवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि उद्योगी व्यापारीको आवश्यक सहयोग रहन्छ,” नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने ।
रासस

प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।