२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रातु नदीको पुल बन्यो, साउनभित्रै सवारी चल्ने



 

साउन १४, बर्दिवास । पूर्वपश्चिम राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुमा निर्धारित अवधिभन्दा १६ महिनाअघि नै नयाँ पुल निर्माण कार्य सम्पन्न हुने भएको छ ।

२०७३ साल असार २९ मा सम्झौतापत्रमा हस्ताक्षर गरेको निर्माण कम्पनी कालिका टु दी रसुवा जेवी काठमाडौंले २०७६ साल पुस मसान्तमा पुल निर्माण सम्पन्न गर्ने बताएको थियो । २५० मिटर लम्बाइ र १०।९० मिटर चौडाइको यो पुल निर्माण काम सकिएर यसै साउन मसान्तभित्रै प्रयोगमा ल्याउने तयारी भएपछि अहिले निर्माण कम्पनीको तत्परताको सबैले सराहना गरेका छन् ।

“पूर्वपश्चिम राजमार्ग र राजधानी काठमाडौंसँग जोड्ने यो पुल लाइफलाइन नै हो” निर्माण कम्पनीका साइट इञ्चार्ज कृष्ण ढुंगेलले सञ्चारकर्मीसंग भने– “हामीले रात दिन मिहिनेत ग¥यौँ, पुल निर्माणको कार्य सकिएको छ, अब रेलिङ फिटिङ, दुवै छेउमा स्ल्याभ राखेर छेउछेउमा माटो पुर्ने काम गर्दैछौँ, यसै महिनाको अन्त्यसम्म पुल प्रयोगमा आइसक्छ ।”

पूर्वपश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खाँबा ९पाया० भाँसिएपछि आवतजावतमा कठिनाइ भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया अघि बढाएको थियो । यो पुल २४ करोड ६० लाख ठेक्का बोलकबोलअनुसार निर्माण सम्पन्न भएको हो ।

पुलका पाया भाँसिएसँगै खोलाबाट बनाइएको डाइभर्सन बाढीले लगातार भत्काउँदै लगेपछि गत वर्ष भाँसिएको पुलमा बेलीबृज जडान गरेर यातायात सञ्चालन गरिएको थियो । पुल चाँडै बनेर प्रयोगमा आउने भएपछि साँघुरो बेलीबृजका कारण हुँदै आएको ट्राफिक जामबाट मुक्ति पाइने सवारीसाधनका चालकले बताएका छन् ।
रासस

प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार ००:००