१९ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपुरथिमि नगरपालिकाको बजेट १ अर्ब १८ करोड



साउन ९, भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि १ अर्ब १८ करोडको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार गत आवको भन्दा चालू आवमा ६३ प्रतिशत बजेट बृद्धि भएको छ । गत आवको बजेटभन्दा चालू आवको बजेट ४४ करोड रुपैयाँ बढी छ ।

नगरपालिकाले चालुतर्फ १४ करोड ८७ लाख रुपैयाँ, सामाजिक सुरक्षातर्फ ८ करोड रुपैयाँ, विषयगत शाखातर्फ १५ करोड रुपैयाँ विनियोजन गरेको छ । यसैगरि पूँजीगततर्फ रु ८० करोड ७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकाले आन्तरिक स्रोतवाट ५२ करोड ५८ लाख रुपैयाँ, प्रदेश सरकारको समानीकरण अनुदान ९३ लाख ५० रुपैयाँ प्राप्त गर्ने प्रक्षेपण गरेको छ ।

यसैगरि प्रदेश सरकारको सशर्त अनुदान ३ करोड ५७ लाख रुपैयाँ, संघीय सरकारको समानीकरण अनुदान २१ करोड ३३ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ ।

संघीय सरकारको सशर्त अनुदान १५ करोड ५ लाख रुपैयाँ, संघ र प्रदेश सरकारको राजश्व वाँडफाँडबाट १२ करोड ७७ लाख रुपैयाँ पाउने प्रक्षेपण गरिएको छ । सामाजिक सुरक्षा भत्ता रकम ८ करोड रुपैयाँ र अन्य स्रोतबाट ३ करोड ७५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले गत आवमा ७३ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए । चालूतर्फ ७७ प्रतिशत र पूँजीगततर्फ ५४ प्रतिशत खर्च भएको ज्ञवालीले जानकारी दिए ।

नगरपालिकाले स्वास्थ्य, सरसफाई तथा खानेपानी, ढल निकास, शिक्षा, खेलकुद र कला संस्कृति, भौतिक पूर्वाधार विकाससँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

यसैगरि लक्षित समुदाय तथा वर्गका लागि प्रवद्र्धनात्मक कार्यक्रम, सार्वजनिक क्षेत्रको संरक्षण र पुनः निर्माण, प्रशासनिक पुनः संरचना र क्षमता विकास, नगर क्षेत्रका जग्गा एकीकरण आयोजना व्यवस्थापन र मध्यपुर उज्यालो कार्यक्रमलाई प्राथमिकता दिएको छ । रासस

प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार ००:००