२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहलाई संगठन संरचना र दरबन्दी पठाउन निर्देशन

लेखक स्थानीय खबर ९ श्रावण २०७५, बुधबार १ मिनेट पढाइ

साउन ९, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई अहिले भएको संगठन संरचना र दरबन्दी पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत स्थानीय तहको अन्तरिक संगठन, संरचना तथा दरवन्दीअनुसार स्थानीय तहमा कर्मचारी समायोनका लागि सबै स्थानीय तहबाट संगठन संरचना र दरबन्दी पठाउन निर्देशन गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार स्वीकृत दरबन्दीअनुसार स्थानीय तहको कार्यप्रकृति, सेवा प्रवाह र विकास व्यवस्थापनको आवश्यकता, भौगोलिक स्थिति र सेवा पु¥याउनुपर्ने जनसंख्याका आधारमा स्थायी संरचना र दरबन्दी निर्धारण गरी स्वीकृत गर्नुपर्ने भएकोले १५ दिनभित्र दरबन्दी पठाउन निर्देशन दिइएको हो ।

मन्त्रिपरिषद्ले अन्तरिम व्यवस्थापन अन्तर्गत स्थानीय तहका लागि करीब ५७ हजार दरबन्दी स्वीकृत गरेको छ । मन्त्रालयले अन्तरिम संगठन संरचना एवं दरबन्दीमा कुन कुन श्रेणी थपघट गर्नुपर्ने हो, विगतमा स्थानीय निकायमा कार्यरत कर्मचारी के कति दरबन्दीमा रहेका छन् र उनीहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, हाल भइरहेका संगठन संरचना भन्दा बढी दरबन्दी स्वीकृत गर्नुपर्ने भए पद वा श्रेणी खुलाउनुपर्ने लगायतका कुरा निर्देशनमा उल्लेख गरिएको छ ।

अहिले स्थानीय तहमा करीब आठ हजार कर्मचारी अपुग भएको बताइएको छ । रासस

प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।